Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्ने’ 

मंगलबार, मंसिर १२, २०८०

विराटनगर– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्ने बताएकी छन् ।

सामान्य प्रशासन मन्त्रालय र कोशी प्रदेश मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयद्वारा मंगलबार विराटनगरमा आयोजित ‘स्थानीय तहहरुको असल अभ्यास’ कार्यक्रममा सामान्य प्रशासनमन्त्रीले जनताका विकासका चाहना पूरा गर्न ठोस योजना बनाएर काम गर्नुपर्नेमा जोड दिइन् ।

उनले स्थानीय तहलाई नमूनाका रुपमा विकास गर्नुपर्ने बताइन् । मन्त्री देवीले संघ र प्रदेशले समेत स्थानीय तहमा नै बजेट खर्च गर्नुपर्ने भएकाले स्थानीय तहलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिइन् ।

त्यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त सङ्घीयतालाई कार्यान्वयन गर्नेतर्फ सबै राजनीतिक दल लाग्नुपर्नेमा जोड दिए । संघिय सरकारले संविधानमा भएको अधिकारहरु समेत नदिएर प्रदेश र स्थानीय तहको कार्यमा रोकावट गरिरहेको उनको तर्क छ ।

कार्यक्रममा बिभिन्न पालिका प्रमुखहरुले संघिय सरकारले पालिकाहरुलाई आफुखुशी बजेट र कर्मचारी दिएर विभेद गर्ने गरेको गुनासो गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्