सातै प्रदेशका गृहमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई बुझाए ज्ञापनपत्र

मंगलबार, मंसिर १२, २०८०

काठमाडौँ- सातै प्रदेशका गृहमन्त्रीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन्। उनीहरूले मंगलबार अपराह्न गृहमन्त्री श्रेष्ठलाई भेटेर प्रहरी समायोजन गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन्। प्रहरी समायोजनको विषयमा दबाब दिन सातै प्रदेशका गृहमन्त्रीहरू यतिबेला काठमाडौँमा छन्। भेटवार्ता जारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको विषयमा दबाब दिन उनीहरू काठमाडौँ आएका हुन्।

उनीहरूले प्रधानमन्त्रीलाई मंगलबार दिउँसो २ बजे भेट्ने कार्यक्रम रहेको थियो तर भेट्न पाएनन्। प्रधानमन्त्री दाहालले बागमती प्रदेशका गृहमन्त्री गङ्गानारायण श्रेष्ठसँग मात्रै भेटेका थिए। प्रधानमन्त्रीले श्रेष्ठलाई भेटेर प्रदेशका गृहमन्त्रीहरूको मागबारे जानकारी लिएका थिए।

प्रधानमन्त्री दाहालले मंगलबार साँझ ५ बजे उनीहरूसँग सामूहिक रूपमा भेट गर्नेछन्।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्