कांग्रेसका ३ भ्रातृ संस्थामा अध्यक्ष नियुक्त

मंगलबार, मंसिर १२, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन नगरेर स्वत: विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् ।

देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गरेका हुन् ।

यसअघि उक्त संघ नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्