Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले सचिव भट्टराई सवार गाडीमा ढुंगा प्रहार

आइतबार, मंसिर १०, २०८०

विराटनगर– नेकपा एमाले सचिव योगेश भट्टराई सवार गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ ।

आइतबार ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् ।

कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई सवार गाडी प्रदेश २–०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुंगा प्रहार गरेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए । ।

ढुंगा लागेर भट्टराई सवार गाडीको अगाडिको सीसा फुटेको छ ।  ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बुका अनुसार  भट्टराई कार्यक्रम सकेर फर्किसकेका थिए । डेढ किलोमिटर पर होटलमा बसेका पहिचान पक्षधरले डिस्टर्ब गरे, एक जनाले परबाट गाडीमा ढुंगा हान्दा गाडीको सीसा फुटेको डीएसपी लिम्बुले बताए ।

भट्टराईलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिएको थियो । ढुंगा हान्नेहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यसअघि मध्याह्न एमाले र पहिचान पक्षधर कार्यकर्ताबीच झडप भएको थियो । उनीहरुले भट्टराईको निवास अगाडि प्रदर्शनसमेत गरेका थिए ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ । यसअघि एमालेकै प्रदेश सांसद मेन्याङ्बो, माओवादीका इन्द्र आङ्बो लगायतका नेतामाथि यही क्षेत्रमा आक्रमण गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्