नेभिगेशन
समाचार
कोशी प्रदेशकाे बजेट

प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने कोशी मुख्यमन्त्रीको दावी 

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने दावी गरेका छन् ।

विधेयकका सम्बन्धमा आइतबार विराटनगरस्थीत आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विशेष परिस्थितिमा संस्थागत रुपमा नयाँ बजेट आएको स्पष्ट पारे । 

योजना आयोगको प्राथमिकताका साथै प्रदेशको गरिमालाई अघि बढाउन बजेटले बाटो तय गर्ने उनले बताए । उनले अहिलेको प्रतिस्थापन बजेट विधेयक सवैको साझा भएको जिकिर गर्दै सहजै पारित हुने समेत बताए ।

मुख्यमन्त्री कार्कीले प्रतिस्थापन बजेटमा ल्याइएका कतिपय कार्यक्रमहरु आफुहरुसंग रहेको नगद मौज्दातका कारण राखिएको र स्रोत अभाव नहुने पनि बताए । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी लिएका मुख्यमन्त्री कार्कीले अध्यादेश बजेट भन्दा ५० करोड बढीको अर्थात करिब ३६ अर्ब ७४ करोड ३५ लाख रुपैयाको बजेट मंसिर ९ गते प्रदेश सभा बैठकमा पेश गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार