सेयर बजार ४७.७५ अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार

आइतबार, मंसिर १०, २०८०

काठमाडौं- चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार ४७.७५ अंकले बढेको सेयर बजार १९०७.९५ विन्दुमा आएर बन्द भएको छ ।

पछिल्लो समययता उत्तारचढाप आइरहेको सेयर बजारमा आइतबार कारोबार रकमले पनि कारोबारीलाई उत्साहित बनाएको छ ।

यसदिन २९४ कम्पनीको ६६ हजार ५१६ पटक कारोबार हुँदा ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको कारोबार भएको छ ।

यसदिन २१४ वटा कम्पनीको सेयरमूल्य बढ्दा २३वटाको ओरालो लागेको छ भने ३ वटाको स्थिर छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्