Nic Ad Nic Ad
Nic Ad Nic Ad

उच्च अदालतका ६ जना मुख्य न्यायाधीशले लिए सपथ

बिहीबार, मंसिर ७, २०८०

काठमाडौं- उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस भएका ६ जनाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मंगलबार न्याय परिषद्ले मुख्य न्यायाधीशमा सिफारिस गरेका लोहितचन्द्र शाह, माधव पोखरेल, रमेशराज राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापाले बिहीबार सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वभर श्रेष्ठसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

मुख्य न्यायाधीशको सपथ लिएसँगै अब ६ जनालाई ६ वटै उच्च अदालतमा मुख्य न्यायाधीशमा पदस्थापन गरिनेछ ।

उच्च अदालत दिपायका मुख्य न्यायाधीशको जिम्मेवारीमा रहेका निर्पध्वज निरौलाको उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा भइसकाले उक्त अदालत बाहेक अरु उच्च अदालतमा पदस्थापन हुनेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्