इजरायल–हमास युद्धबिराम सम्झौता, पहिलो चरणमा ५० बन्धक रिहा हुने

बुधबार, मंसिर ६, २०८०

काठमाडौं - ७ अक्टोबरदेखि जारी युद्ध ४ दिनका लागि रोक्न हमास र इजरायलबीच सम्झौता भएको छ। ४ दिनका लागि युद्ध रोक्न इजरायल तयार भएको हो। यस्तै, बन्धकलाई रिहा गर्दै जाने प्रतिबद्धता हमासले पनि जनाएको छ ।

सुरुमा ५० जना बन्धकलाई छाड्ने हमासको वाचा छ। ती ५० जनामा महिला र बच्चा धेरै रहेको बुझिएको छ।

यसको बदला इजरायलले १५० जना प्यालेस्टिनी नागरिकलाई रिहा गर्नेछ। सम्झौतापछि मानवीय सहयोगका लागि सयौं ट्रकलाई गाजामा प्रवेश दिइने अपेक्षा पनि गरिएको छ।

नेपालका विपीन जोशी हमासको कब्जामा रहेको इजरायलले जनाएको छ। उनको रिहाइका लागि नेपाल सरकारले पहल जारी राखेको छ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्