जाजरकोट भूकम्प

भूकम्पपीडितलाई चिनियाँ रेडक्रसको एक करोड ३२ लाख

शनिबार, मंसिर २, २०८०

काठमाडौँ– जाजरकोट भूकम्पपीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले एक करोड ३२ लाख रुपैयाँ मानवीय सहायतास्वरुप प्रदान गरेको छ । 

नेपालका लागि चीनका राजदूत छन  सङले शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गरेका हुन् ।

चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढङ्गले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  २१:०८
प्रतिक्रिया दिनुहोस्