प्रधानमन्त्रीले ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने

शुक्रबार, मंसिर १, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्नुभएको सो सम्मेलनलाई उनले ‘भर्चुअल’ रूपमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ ।

उक्त सम्मेलनको मुख्य विषय ‘विश्वव्यापी दक्षिण : भविष्यका लागि सहकार्य’ रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्