टिकटक बन्द गर्ने सरकारको निर्णयमा गगन थापाको आपत्ति, निर्णय सच्चाउन आग्रह

सोमबार, कात्तिक २७, २०८०

काठमाडौं- सरकारले नेपालमा टिकटक बन्द गर्ने गरी गरेको निर्णयमा कांग्रेस महामन्त्री गगन थापाले असन्तुष्टि जनाएका छन् । सरकारको निर्णय सार्वजनिक हुने वित्तिकै महामन्त्री थापाले सामाजिक सन्जालमार्फत सरकारको यस्तो कमदलाई उल्टो बाटो भएको भन्दै आपत्ति जनाएका हुन् ।

सामाजिक सन्जाललाई नियमन गर्ने नाममा टिकटक बन्द गर्ने निर्णय सरासर गलत भएको थापाको भनाई छ । उनले सामाजिक सन्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय भएको भन्दै यसमा सरासर अभिब्यक्ति तथा ब्यैयक्तिक स्वतन्त्रतालाई कुन्ठित गर्ने नियत देखिएको बताएका छन् । उनले यसमा किन्तु परन्तु नभनी निर्णय सच्चाउन थापाले सरकारसँग आग्रह गरेका छन् ।

सरकारले टिकट बन्द गराउने ब्यवस्था मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन गरेको थियो । टाइमलाइन समेत नराखी तत्काल बन्द गराउने सरकारले आज बसेको मन्त्रीपरिषद्को बैठकबाट निर्णय लिएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्