टिकटक प्रतिबन्ध

टिकटक आजैदेखि बन्द हुन्छ : गृहमन्त्री

सोमबार, कात्तिक २७, २०८०

काठमाडौं- उपप्रधन तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले टिकटक आजैदेखि बन्द हुने बताएका छन् ।

प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने श्रेष्ठले जानकारी दिए।

‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले सरकारले बन्द गर्ने निर्णय लिएको हो, उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने ।

आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

सरकारको यस्तो निर्णयको आलोचना पनि सुरु भएको छ । कांग्रेस महामन्त्री गगन थापाले असन्तुष्टि जनाउँदै निर्णय सञ्चाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्