Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुस्ताङको कोरला नाका आजदेखि खुल्ने

सोमबार, कात्तिक २७, २०८०

मुस्ताङ - माथिल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयहरुलाई लक्षित गरी आज सोमबारदेखि सञ्चालनमा आउन लागेको कोरला नाकामा दुवै तर्फ तयारी पूरा भएको छ ।

आज विहान दश बजे दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाका सञ्चालनका लागि उद्घाटन गर्ने बताइएको छ । चीन सरकारले अहिलेलाई माथिल्लो मुस्ताङका स्थानीयलाई मात्र लक्षितगरी नाका सञ्चालन गर्न लागेको हो । चिनियाँ पक्षले कोरला नाकामा निर्यातका लागि सामग्रीहरु ल्याएका छन् ।

चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) का लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माण गरिएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरुको अनुरोधमा अस्थायी संरचना निर्माणका लागि चीन सरकारले पाँचवटा कन्टेनर उपलब्ध गराएको छ ।

नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिए ।

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०७:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार