नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने गरी निर्णय गर्छाैं : प्रधानमन्त्री

शनिबार, कात्तिक २५, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्‌लाई नेपाल सरकारको दस्तावेजमा लेख्ने गरी निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पद्मरत्न तुलाधर पाँचौ स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रम शनिबार सम्बोधन गर्दै उनले सो जिम्मा आफ्नै भागमा परेको बताए।

‘अस्ति मकहाँ आउनुभएका प्रतिनिधिहरूसँग एउटा ‘कमिटमेन्ट’ गरेको थिएँ। अब नेपाल संवत्‌लाई राष्ट्रिय संवत् भनेर मात्रै भएन। त्यसलाई व्यवहारमा कार्यान्वयन पनि गर्नुपर्‍यो। सायद मेरै भागमा परेको छ। अब त्यो राष्ट्रिय संवत् नेपाल सरकारको दस्तावेजमा लेख्नेगरी, माइन्युटमा लेख्ने गरी लैजाने मैले प्रतिबद्धता व्यक्त गरेको छु। पद्मजीको सम्मानमा म त्यो ‘कमिटमेन्ट’ गर्न चाहन्छु’, उनले भने।

उनले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र निर्माणका बेलामा तुलाधरसँग धेरै अन्तरक्रिया भएको स्मरण गरे। उनले आफू पहिलो पटक प्रधानमन्त्री भएका बेलामा तुलाधरले नेपाल संवत् नै राष्ट्रिय संवत् हो भनेर आफूलाई तर्कसहित सहमत भएको सम्रण गरे।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार