जाजरकोट भूकम्प

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रीहरूले एक महिनाको तलब भूकम्प पीडितलाई दिने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठक जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

भूकम्प प्रभावित क्षेत्रमा अहिले विभिन्न क्षेत्रबाट सहयोग रकम संकलन भइरहेको छ । अहिलेसम्म प्रधानमन्त्री राहत कोषमा ६ करोडभन्दा बढी रकम जम्मा भइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्