जाजरकोट भूकम्प 

भूकम्प प्रभावित क्षेत्रमा आवास बनाउन स्वयंसेवक खटाउने एमालेको निर्णय

बुधबार, कात्तिक २२, २०८०

काठमाडौँ- नेकपा (एमाले)ले भूकम्प प्रभावित जाजरकोट लगायत जिल्लामा अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय गरेको छ।

बुधबार च्यासलमा बसेको सचिवालय बैठकले मंसिर १ गतेदेखि स्वयंसेवक खटाउने निर्णय गरेको हो। ‘मंसिर १ गतेदेखि एक हजार स्वयंसेवकहरू भूकम्प प्रभावित क्षेत्रमा खटिनु हुनेछ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘एक करोड रुपैयाँ बढीको हामीले श्रमदान गर्नेछौँ।’

उनले हजारौँ टहरा बनाएर नागरिकहरूलाई हस्तान्तरण गरिने बताए । ०७२ को भूकम्पका बेला पनि एमालेले ५० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरेको उनले बताए । 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्