रविन्द्र मिश्रकाे कटाक्ष

प्रचण्डलगायतका गणतन्त्रवादीको संशयलक्षित रविन्द्र मिश्रका २५ कटाक्ष यस्ता छन्

बुधबार, कात्तिक २२, २०८०

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका शान्ति सम्झौता गर्ने दललाई २५ बुँदामा कटाक्ष गरेका छन्।

व्यवस्थाप्रति खतरा बढेको भन्दै मंगलबार १२ बुँदे, संविधान निर्माणमा सहभागी दलको बैठक राखेपछि त्यसप्रति उपाध्यक्ष मिश्रको कटाक्ष सार्वजनिक भएको छ।

संस्थागत रुपमा नै राप्रपा हौसिए पनि मिश्रको कटाक्ष भने सामाजिक सञ्जालमार्फत आएको हो।

विगतमा सबैले गरेका गल्तीबाट सबैले सिकेर राजा, राजनीतिक दल र जनताबीच शान्तिपूर्ण संक्रमणमार्फत नवीन समझदारीमा नजाने हो भने यो देश र यो देशका जनता कसैको भविष्य सुनिश्चित नहुने भन्दै सबैमा चेतना जागोस् भन्ने मिश्रको चेतावनी छ।

यस्ता छन् मिश्रका २५ बुँदे टिप्पणी

१. व्यवस्था संकटमा पर्ने जस्तो देखियो रे राजसंस्थावादीले गर्दा ।

२. देशभर ५०% सटर बन्द छ राजसंस्थावादीले गर्दा ।

३. ठूला व्यापारी ठूलो संकटमा छन् राजसंस्थावादीले गर्दा ।

४. अर्थतन्त्रमा ऋणभार झण्डै ४५ प्रतिशत भयो राजसंस्थावादीले गर्दा।

५. गभर्नर भन्छन्, अर्थतन्त्रमा संकट आउनसक्छ राजसंस्थावादीले गर्दा।

६. विकास खर्च १७% मा झर्यो राजसंस्थावादीले गर्दा।

७. प्राध्यापक, कर्मचारी, वकिलदेखि सबैको दलीय संगठन बन्योराजसंस्थावादीले गर्दा।

८. सेना बाहेक राज्यका हरेक अंगको घातक राजनीतिकरण भयोराजसंस्थावादीले गर्दा।

९. सार्वजनिक शिक्षा र स्वास्थ्यको स्थिति तन्नम भयो राजसंस्थावादीले गर्दा।

१०. देश संसारकै भ्रष्टमध्येको भयो राजसंस्थावादीले गर्दा।

११. नेपाल एसियाकै गरिब देश भयो राजसंस्थावादीले गर्दा।

१२. ललितानिवास, शरणार्थी, सुनलगायत अन्य सयौँ काण्ड भयो राजसंस्थावादीले गर्दा।

१३. जातीय र धार्मिक हिंसाको सम्भावना बढ्यो राजसंस्थावादीले गर्दा।

१४. वर्षमा दक्ष लगायतका १० लाख युवा विदेशिन्छन् राजसंस्थावादीले गर्दा।

१५. छिमेकीले तिव्र विकास गरे, हामीले सकेनौँ राजसंस्थावादीले गर्दा।

१६. कृषि, पर्यटन, पूर्वाधार, शहरीकरण, भूउपयोग, सूचनाप्रविधि, केही पनि नीति जानेनौँ राजसंस्थावादीले गर्दा।

१७. समग्र समाजको नराम्रो नैतिक पतन भयो राजसंस्थावादीले गर्दा।

१८. मान्छे मरेका छन्, खानसुत्न पाएका छैनन्, सिंहदरबारमा शीर्ष नेतालाई गणतन्त्रधर्म निरपेक्षता जोगाउने चिन्ता छ राजसंस्थावादीले गर्दा।

१९. मधेस प्रदेश केन्द्रविरूद्ध विद्रोह गर्ने भन्छ राजसंस्थावादीले गर्दा।

२०. विपत् कोषमा रू ५ अर्ब छ तर भूकम्प पीडितले राहत पाएनन् राजसंस्थावादीले गर्दा।

२१. राजसंस्थाको भूतले धेरै नै तर्सायो राजसंस्थावादीले गर्दा।

२२. नयाँपुराना सबै प्रचण्डपथगामीहरूको राजनीतिमा प्रश्न उठ्यो राजसंस्थावादीले गर्दा।

२३. राष्ट्र र राज्यका रूपमा नेपालको तिब्र क्षयीकरण भयो राजसंस्थावादीले गर्दा।

२४. एक पटक पुरै शक्ति व्यवस्था जोगाउन लगाउन पर्ने भयोराजसंस्थावादीले गर्दा।

२५. मेरो टिप्पणीः विगतमा सबैले गरेका गल्तीबाट सबैले सिकेर राजा, राजनीतिक दल र जनताबीच शान्तिपूर्णसंक्रमण मार्फत नवीन समझदारीमा नजाने हो भने यो देश र यो देशका जनता कसैको भविष्य सुनिश्चित छैन। समयमैँ चेतना जागोस्।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार