कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

शनिबार, कात्तिक १८, २०८०

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि कात्तिक १९ गते बस्ने भएको छ ।

कार्यसम्पादन समितिको बैठक आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास, धुम्बाराहीमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्