जाजरकोट भूकम्प अपडेट

भूकम्प प्रभावित दुई जिल्लालाई ५/५ करोड दिने सरकारको निर्णय

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं-  सरकारले भूकम्प प्रभावित दुई जिल्लालाई ५/ ५ करोड दिने निर्णय गरेको छ । जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचारका लागि सरकारले उक्त रकम दिने निर्णय गरेको हो ।

सिंहदरवारस्थित गृहमन्त्रालयमा आज बसेको सरोकारवालासहितको विपद् ब्यवस्थापन समितिको बैठकपछि सरकारले ती दुई जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषामा ५/५ करोड रूपैयाँ पठाउने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले घाइतेको तत्काल औषधि उपचारको व्यवस्थाका लागि आवश्यक पर्ने औषधि तथा विशेषज्ञ चिकित्सकसहितको जनशक्ति, अत्यावश्यक औषधि उपकरहरू छिटो साधनमार्फ तत्काल परिचालन गर्ने र थप उपचारका लागि स्वास्थ्य जनशक्ति सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा तयारी अवस्थामा राखी सो कार्यको नेतृत्व तथा व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय समेत गरेको छ ।

हेर्नुहोस निर्णयहरु

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्