नेप्से परिसूचक ५.८३ अंक घट्यो

बुधबार, कात्तिक १५, २०८०

काठमाडौँ- बुधबार नेप्से परिसूचक ५.८३ अंक घटेर १८५८.५६ विन्दुमा झरेको छ।मंगलबार घटेर बन्द भएको नेप्से आज पनि घटेको हो ।

नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ०.८३, फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। मंगलबार ५७ करोडको शेयर कारोबार भएको बजारमा आज २९६ स्टकको ७७ हजार ८७० पटकको कारोबारमा ८१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको ३३ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। आज लगानी उपसमूहको परिसूचक ०.०८ प्रतिशत बढेको छ।

बुधबार सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.३९ प्रतिशत बढेको छ। हिमालयन लघुवित्तको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सोनापुर मिनरल्सको शेयरमूल्य यस दिन सर्वाधिक ७.९९ प्रतिशत घटेको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार