राजनीति

राजा ज्ञानेन्द्रसँग तर्सिए प्रधानमन्त्री प्रचण्ड, कुर्सीको दिनगन्तीबीच माओवादीको यस्तो निर्णय

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौंपछिल्ला दिनमा मूलधारका राजनीतिक पार्टी, सत्ता गठबन्धन र सरकारसँग आम मानिस आक्रोश देखिनुका साथै राजा ज्ञानेन्द्र शाहको पक्षमा जनलहर उत्रिएको देखिएपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तर्सिएका छन्।

सरकारी निवास बालुवाटारमा माओवादीका पदाधिकारी बोलाएर बैठक राखेका प्रचण्डले सत्ता समीकरण ढल्ने चिन्ता मात्र सुनाएनन्, ज्ञानेन्द्र शाहको लोकप्रियताले पार्टीको एजेन्डा नै कोल्याप्स हुन सक्नेसम्मको आँकलन सुनाए।

प्रदेश सरकारका गतिविधि, अर्थतन्त्रले धान्न नसकेको स्थितिमा राजाप्रतिको जनताको आकर्षणले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरासायी हुन लागेको आँकलन गरेका प्रचण्डले त्यसलाई चिर्नका लागि कार्यकर्ताको विशाल लर्को काठमाडौंमा उतार्न आवश्यक रहेको सुनाउँदै निर्णय गराए।

व्यवस्थामाथि नयाँ दलहरूबाट भन्दा पनि पूर्वराजा र उनका समर्थकहरूबाट चुनौती थपिएको निष्कर्ष सुनाएका प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय, स्वतन्त्र उम्मेदवारको जित र राप्रपाको बलियो उपस्थिति राजसंस्थाका निम्ति अनुकुल बनिरहेको पनि टिप्पणी गरेको उच्च स्रोतले जनायो।

सामाजिक सञ्जालको बढ्दो दुरुपयोग, पूर्वराजाको सक्रियता र देशका विभिन्न ठाउँमा भइरहेको सामाजिक, धार्मिक सदभाव बढ्दै गइरहेको बताएका प्रचण्डले आगामी निर्वाचनसम्म पार्टीको समूल बाँकी राख्न निक्कै चुनौति रहेको बताएका थिए।

व्यवस्थाको रक्षाका लागि सहकार्य गरेर जान प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव गरेका थिए। जवाफमा ओलीले राष्ट्रिय मुद्दामा आफ्नो सहयोग रहने वचन दिएपनि व्यवहारतः सरकारलाई असफल बनाउने खेलमा लागेको प्रधानमन्त्रीको निचोड बैठकमा सुनाइयो।

२०६५ जेठ १५ गते नेपालबाट विधिवत रुपमा २४० वर्ष लामो राजतन्त्र अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपश्चात ज्ञानेन्द्र शाह नागरिकको हैसियतमा छन्।

बेलामौका राजा ज्ञानेन्द्रले जिम्मेवारी आएको खण्डमा त्यो सम्हाल्ने अभिव्यक्ति दिनु, अहिलेको राजनीतिक अवस्था र दुर्गतीका बारेमा टिप्पणी गरेर जनताको ध्यान आफूतिर तानेको प्रचण्डको प्रक्षेपण थियो।

स्वभाविक रुपमा पनि आम मानिसले हजार राजा पाल्नुभन्दा एउटा नै ठिक भन्ने धारणा बनाउन थाल्दा प्रचण्डका लागि यो व्यवस्था टिकाउने चुनौति थपिएको छ। 

पदाधिकारी बैठकमा राजा ज्ञानेन्द्रको लोकप्रियता बढेको र माओवादीप्रति जनआक्रोश बढेको रिपोर्टिङ भएपछि झस्किएका प्रधानमन्त्री प्रचण्डले माओवादी कार्यकर्ता काठमाडौंमा उतार्ने निर्णय पनि गराए।

अर्कातिर सत्ता समीकरण परिवर्तन हुने सम्भावना केलाएका उनले सरकारको दिनगन्ती हुन थालेको पनि सुनाएका थिए। नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा उतारचढाव आउने सम्भावना केलाउँदै सभापति शेरबहादुर देउवा कुनै पनि बेला एमाले अध्यक्ष ओलीसँग सहकार्य गर्ने मुडमा पुग्न सक्ने प्रचण्डको आँकलन थियो।

त्यसो भयो भने तीनजनाबीच आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति पनि तोडिन्छ, सत्तामा कांग्रेस एमाले हावी हुन्छन्। सडकमा नयाँ दलले नै राम्रो बुर्कुसी मार्न सक्छ, प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘हाम्रो काम सदनमा चिच्याउने भन्दा केही पनि हुनेछैन। सत्ता र सडक माओवादीको हातबाट फुत्कियो भने हामी कहिँका रहनेछैनौं।

कांग्रेसलाई चेक एन्ड ब्यालेन्समा ल्याउनका लागि प्रचण्डको पहलमा नेत्रविक्रम चन्द विप्लवसहितको समाजावदी मोर्चा गठन भए पनि त्यसको प्रभाव खासै देखिएको छैन। मोर्चामा जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पनि सहभागी छन्। 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्