निर्देशन उल्लंघन गर्दा आधा दर्जन बैंक परे कारबाहीमा

शुक्रबार, कात्तिक ३, २०८०

काटमाडौँ- राष्ट्र बैंकले आधा दर्जन वाणिज्य बैंकलाई कारबाहीमा पारेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा राष्ट्र बैंक सुपरिवेक्षण विभागको निर्देशन उल्लंघन गर्ने ६ वाणिज्य बैंकलाई कारबाहीमा पारेको हो ।

राष्ट्र बैंकले हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक, नबिल बैंक, एनआइसी एशिया र सिटिजन बैंकलाई फरक शिर्षक उल्लंघन गरेको जनाएको छ।

एनआइसी एशिया, एनएमबी बैंक, नबिल र सिटिजन बैंकले राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्दा बैकहरूका संचालक समितिलाई सचेत गराइएको छ । त्यसै गरि नबिल बैंकले राष्ट्र बैंकको निर्देशन बिपरित ब्याजदर बढाएको, एनएमबी बैंकले सहुलियतपूर्ण कर्जा बदमाशी गरेको, सिटिजन बैंकले कर्जा नोक्सानी ब्यवस्था नगरेको पाइएको राष्ट्र बैंकंले जनाएको छ ।

राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई सम्पत्ति शुद्धिकरण ऐन उल्लंघन गर्दा ७० लाख जरिवाना गरेको छ। भने हिमालय बैंकलाई कर्जा परिचालन कायम नगरेको भन्दै १ करोड ६७ लाख ७१ हजार जरिवाना गरेको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार