प्रचण्डले ज्वाईं जीवन आचार्यलाई मन्त्री बनाउन माहोल बनाउदै !

बुधबार, कात्तिक १, २०८०

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिंदैछन् ।

नेपाली कांग्रेसको शेखर समूहले नेकपा एमालेसंग मिलेर केदार कार्कीलाई मुख्यमन्त्रीको लागी प्रस्ताव प्रस्तुत गरेका थिए । गठबन्धनको तर्फबाट भने माओवादी केन्द्रका इन्द्र आङवोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए । 

गठबन्धनको तर्फबाट इन्द्र आङवोले नजित्ने भएपछी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेसकै बैठकमा आफू सहभागी भएर शेखर कोईराला र शेरबहादुर देउवाबीचको कुरा मिलाउन समेत प्रयत्न गरेका थिए । प्रचण्डले शेखरलाई आग्रह गर्दै केदार कार्कीलाई पछि सार्न भरपूर कोशिस गरे तर शेखर नडगमगाएपछि शेखरसंग लिखित सम्झौता गराउन भने सफल भए ।

प्रचण्डले सुरुवाती चरणमा केदार कार्कीलाई गठबन्धनले समर्थन नगर्ने भन्दै हिंडेका थिए तर केही नलागेपछि शेखर कोईरालालाई वाध्य पार्दै गठबन्धनलाई धोका नदिने भन्दै चिर्कटोमा सम्झौता गराएका थिए । आखिर किन प्रचण्डले सुरुमा नस्वीकारेका केदार कार्कीलाई अहिले आएर समर्थन गर्नेदेखि गठबन्धनकै मुख्यामंत्री भन्न थाले ? 

प्रचण्डमा भएको परिवार मोहका कारण प्रचण्डले मुख्यमन्त्री केदार कार्कीलाई समर्थन गर्ने निर्णय लिएका हुन् । प्रचण्डमाथी ज्वाईं जीवन आचार्यलाई जसरी पनि मन्त्री बनाउनपर्ने दबाब रहेको छ । जीवन आचार्य कोशी प्रदेशबाट निर्वाचित सांसद हुन् । र यदी अहिलेको सरकारमा नेकपा एमाले हावी भयो भने जीवन आचार्यले मन्त्री बन्न नपाउने देखिएपछि प्रचण्ड युटर्न भएका हुन्ला । एमालेले समर्थन गरेको केदार कार्कीलाई मुख्यमन्त्री स्विकार्न वाध्य भएका हुन् प्रचण्ड ।

जीवन आचार्य यसअघि बनेका दुवै मन्त्रिपरिषदमा सहभागी भएका थिए । जीवन आचार्य दुईपल्ट मन्त्री नियुक्त त भए तर प्रदेश सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि जीवन आचार्य एक महिना भन्दा बढी मन्त्री हुन पाएका छैनन् ।

अहिले केदार कार्कीलाई समर्थन गर्दै प्रचण्डले गठबन्धनदेखि कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत शान्त बनाएका छन् । देउवा निकट श्रोतका अनुसार शेरबहादुर देउवालाई शेखर कोईरालाको विद्रोहलाई धेरै 'सिरियसली' नलिन प्रचण्डले आग्रह नै गरेका छन् । "सभापति शेरबहादुर देउवा झनक्क रिसाउने बानी नै छ । शेखर कोईरालासंग स्पष्टिकरण सोध्ने वा कारवाही गर्ने कि भन्ने सम्मका कुरा निस्किएपछि प्रधानमन्त्री प्रचण्डले यो कुरालाई यहि सामसुम पारेर केदार कार्कीलाई कांग्रेसले खुलेरै समर्थन गर्न सभापती देउवालाई आग्रह गरेका थिए ।"

प्रधानमन्त्री प्रचण्डले अहिले अरु केही नसोची आफ्नो ज्वाईं जीवन आचार्यलाई मन्त्री बनाउने बाटो खोल्न सक्दो प्रयास गरेका छन् । मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धन तर्फ तान्दै नेकपा एमाले पार्टीले जस नलियोस भन्ने प्रचण्डको दाउ छ । नेकपा एमालेकै समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई अहिले गठबन्धनले खुलेर समर्थन गर्दैछ । एमालेलाई मन्त्रीपरिषदबाट बाहिर राख्न अहिले प्रचण्ड कोसिस गरिरहेका छन् । नेकपा एमालेले प्रदेश सरकारको जस पाएमा माओवादी केन्द्रले राम्रो मन्त्रालय नपाउने हुँदा ज्वाईंकोलागी प्रचण्ड अहिले शेरबहादुर देउवादेखि शेखर कोईरालासम्मलाई फ़काउने प्रयत्न गरिरहेका छन् ।

जीवन आचार्य यसअघि दुईपल्ट मन्त्री बनेका थिए । पहिलो पल्ट पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए भने दोश्रो पल्ट अर्थमन्त्री बनेका थिए । दुवै पल्ट सरकारले विश्वासको मत नपाएपछि जीवन आचार्यको मन्त्री भएर काम गर्ने धोको पूरा हुन सकेको थिएन ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्