कोशीका विषयमा छलफल गर्न देउवा निवासमा कांग्रेस उपसभापति र महामन्त्रीको बैठक डाकियो

सोमबार, असोज २९, २०८०

काठमाडौंआठ जना प्रदेश सभा सदस्यले विद्रोह गरी कोशीमा केदार कार्की मुख्यमन्त्री भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्ने भएका छन्।

दिउँसो ४ बजे धुम्बाराहीस्थित निवासमा उनले बैठक डाकेका हुन्। नेता शेखर कोइराला पक्षका कार्कीले कोशीको मुख्यमन्त्रीमा एमालेको समर्थन पाएका छन्।

कोशी प्रदेश कांग्रेसको भागमा परे पनि सभापति देउवाले कांग्रेसका इन्द्र आङ्वोलाई मुख्यमन्त्री बनाउनका लागि सहमति गरेका थिए। बैठकमा उपसभापति पूर्णबहादुर खड्का महामन्त्रीहरु गगन थापा, विश्वप्रकाश शर्मा सहभागी हुनेछन्।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्