मुलुक बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने :  महामन्त्री शर्मा

शनिबार, असोज २७, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुक बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा शर्माले दलहरुबीच जति नै मतभेद र तिक्तता भएपनि मुलुक बनाउने अभियानमा सबैै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।

शर्माले नयाँ दलहरुको आगमनसंगै पुराना दलको योगदानलाई पनि भूल्न नहुने भन्दै नयाँ दलको ऊर्जासँगै संस्कृति पनि नयाँ बनाएर जानुपर्ने धारणा राखे । देशमा केहि बनेको भन्दै मुलुकका लागि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए । शर्माले ६२–६३ को आन्दोलनपछि एमाले ९ पटक र कांग्रेस ८ पटक सरकारमा गएको भन्दै देशमा भएका राम्रोका काम र नराम्रा कामको सवैले जिम्मेवारी लिनुपर्ने बताए ।

त्यस्तै, शर्माले एमाले अध्यक्ष केपी ओलीले कांग्रेस ३२ सीटे माओवादीको पछि हिँडेको टिप्पणी गरेको स्मरण गर्दै अहिले कोशीमा एमाले ८ सीटको पछि लागेको तर्क गरे । झापामा एमाले उदार भएका कारण आफु संसदमा आउन सफल भएको उनको भनाई छ । 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार