कोशीमा गठबन्धन फुट्यो, केदार कार्की मुख्यमन्त्री बन्दै

बिहीबार, असोज २५, २०८०

विराटनगर– नेकपा एमाले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले दाबी पेस गरेका छन् । एमालेको समर्थन पाएसँगै कोशीमा सत्ता गठबन्धन भत्किएको छ ।

कांग्रेसमा शेखर कोइराला लाइनका सांसद कार्कीले एमालेका ३९ सांसदसहितको हस्ताारसहित आजै मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेसका ९ सांसदले विद्रोह गर्दै एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । 

कार्कीले एमालेका ३९ र कांग्रेसका ९ सांसदसहित ४८ सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेस गरेको स्रोतले बतायो । कांग्रेसका केदार कार्की, रामकुमार खत्री, शम्शेर राई, इन्दिरा थापा, लिलाकुमारी राई, गोविन्दा गिरी, मानबहादुर लिम्बु र सुनिताकुमारी गुरुङसहित ९ जनाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्