विद्युत् विधेयक–२०८० अन्तरक्रियामा

देशमा राष्ट्रिय हितभन्दा बढी सत्ता स्वार्थ हावी भयो : अध्यक्ष ओली

शनिबार, असोज २०, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा राष्ट्रिय हितभन्दा बढी सत्ता स्वार्थको प्रवृत्ति हावी भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित विद्युत् विधेयक–२०८० अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुनको अपव्याख्या गरेर व्यक्तिले अनुचित लाभ लिने र राष्ट्रलाई नोक्सान हुने काम गर्न नहुने बताए ।

अहिले देशमा राष्ट्रिय हित भन्दा पनि बढी सत्ता स्वार्थको प्रवृत्ति हावी भएको भन्दै उनले कानुनको अपव्याख्या गरेर व्यक्तिले अनुचित लाभ लिने र राष्ट्रलाई नोक्सान हुने काम गर्न नदिन सजग रहनु पर्ने बताए । अध्यक्ष ओलीले विद्युत् विधेयक एमाले केन्द्रित नभएर देश केन्द्रित भएको दाबी गरे ।

अध्यक्ष ओलीले विधेयकबारे संसदमा आफूहरु प्रतिपक्षको भूमिकामा भन्दा पनि राष्ट्रको पक्षमा रहेर राम्रो छलफल गर्ने बताए । विधेयकले विद्युत विकासको आकांक्षा उत्पादन र त्यसको बिक्रीका सबै प्रक्रियामा नेपाललाई नोक्सान नहुने उनँको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्