मुख्यमन्त्रीमा दाबी

कोशी मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोको दाबी

शनिबार, असोज २०, २०८०

विराटनगर - नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले कोशीको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

कांग्रेसले दुई पटक सरकार बनाएपनि विश्वासको मत पाउन नसकेको भन्दै अब माओवादीको नेतृत्वमा सरकार बनाउनुपर्ने उनले बताएका हुन् ।

मुख्यमन्त्री हिक्मतकुमार हिक्मत कार्कीले शनिबार (आजै)मात्र राजीनामा दिएका छन् । संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका कार्कीले राजीनामा दिएसँगै संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बाटो खुलेको हो ।
प्रदेशसभा बैठकपछि सञ्चारकर्मीसँग नेता आङ्बोले भने, ‘अब फेरि विश्वासको मत प्राप्त नगर्ने गरी सरकारको नेतृत्व दाबी गर्नु हुँदैन भन्ने हाम्रो निष्कर्ष छ ।’

अहिले तुलात्मक रुपमा माओवादीको नेतृत्वमा सरकार बनाउँदा बहुमत पुग्ने र विश्वासको मत पनि प्राप्त गर्न सक्ने उनको दाबी छ । राप्रपासँग केन्द्रमा नेताहरुले सम्वाद गरिरहेको र मध्यावधिलाई रोक्न राजनीतिक स्थायित्व दिनका लागि भएपनि गठबन्धनसँग सहकार्य गर्न राप्रपा सकरात्मक उनकाे भनाइ छ ।

 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्