हार्नेको मन दुख्छ, मन नदुखाई अगाडि बढ्न सहमति गर्नुस्: केपी ओली

शुक्रबार, असोज १९, २०८०


काठमाडौं - नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमाले उपत्यका विशेष प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरेका छन् ।

अघिका प्रदेश अधिवेशनलाई लिएर विपक्षीहरुले टीकाटिप्पणी गर्ने अवसर पाएको भन्दै अध्यक्ष ओलीले सर्वसम्मतीको प्रयासका लागि भनेका हुन् । आज (शुक्रबार) अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले प्रतिस्पर्धामा गएपछि एउटाको जित र अर्कोको हार हुँदा हार्नेको मन दुख्ने बताए । मन नदुखाउनका लागि सर्वसम्मत नेतृत्व चयननै उत्तम विकल्प रहेको उनको भनाई छ ।


‘यहाँ प्रतिस्पर्धा जितेर पनि के–के न ठूलो कुरा पाइने होईन । फेरि सबैले जित्ने होईन, एउटाले जित्छ, अर्कोले हारेपछि मन पनि दुख्छ ।’ उनले भने, ‘सहमति गर्यो भने मन दुख्दैन । मन नदुखाई अगाडि बढ्ने काम सबैभन्दा राम्रो हो नि त । किन मन दुखाउने ?’

यस विभिन्न प्रदेशमा सम्पन्न भएको अधिवेशनमा पनि सकभर सहमतिको प्रयास र कुरा मिलेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् भन्दो विपक्षी र मिडियाहरुले गलत टीकाटिप्पणी गरेको उनले बताए ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  २२:०७
प्रतिक्रिया दिनुहोस्