देशभित्रै रोजगारी सिर्जना गर्न र तालिम दिन अर्थमन्त्रीको सुझाव

बिहीबार, असोज १८, २०८०

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन सुझाव दिएका छन् ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले बिहीबार काठमाडौँमा आयोजना गरेको सिपमूलक तालिमका सम्भावना र योजना विषयक नीतिगत छलफल कार्यक्रम मन्त्री डा. महतले सरकार, गैरसरकारी र निजी क्षेत्रलाई एकमुष्ठ बनाएर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन सुझाव दिएका हुन् ।

नेपालमै रोजगारी सिर्जना गर्नु राष्ट्रिय महत्वको विषय भए पनि यसको आलोचना र समालोचना दुवै हुने गरेको मन्त्री डा. महतले बताए । बदलिदो परस्थितिअनुसार अहिलेको माग र आवश्यकताका आधारमा यस क्षेत्रमा अघि बढ्नुपर्ने उनले बताए ।

उनले निश्चित समयावधिलाई मध्यनजर राखेर पाठ्यक्रम बनाएर तालिम दिन सकिए दक्ष कामदार उत्पादन गर्न सकिने धारणा राखे ।

उनले देशभित्रै ठूलो संख्यामा मानव संसाधनको अभाव खड्किरहेको भए पनि हरेक मानिसलाई विकल्प रोज्ने अधिकारबाट बन्चित गरिनु नहुने बताए ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्