नेभिगेशन
समाचार

डाक्टर कुट्नेलाई कारबाही गर्न निर्देशन

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार समितिमा चिकित्सक संघसंस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

चिकित्सकमाथि दुर्ववहार गर्नेलाई कारबाही गर्न र हिंसारहित भयरहित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने, गृहमन्त्रालयलाई आग्रह गर्ने’ समितिको निर्णय भएको सभापति भानुभक्त जोशीले बताए ।

वार्ताबाट सहमति खोज्न पनि आन्दोलित चिकित्सक र सरकारलाई समितिले आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार