नेभिगेशन
समाचार

प्रचण्ड नेतृत्वको सरकार रहिरहनु देशका लागि दुर्भाग्य : ओली

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार रहनु देशका लागि दूर्भाग्य भएको टिप्पणी गरेका छन्।

आज (शुक्रबार) विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अहिलेको सरकार अपराधीहरुको संरक्षकको रुपमा देखिएको आरोप लगाए।

उनले कांग्रेस नेतृत्वको कार्यशैलीको पनि आलोचना  गरेका छन्।ओलीले भने,‘कांग्रेस कुन संसारमा छ भन्ने नै थाहा छैन । देशको अवस्थाप्रतिको गम्भीरता केही देखिन्न ।’

देशको अवस्थाप्रति कांग्रेस गम्भीर नदेखिएको उनको अरोप छ ।उनले गठबन्धनको सरकार अपराधी र तस्करको संरक्षक मात्रै भएको पनि टिप्पणी गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार