नेभिगेशन
समाचार

एमाले बागमती अधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं- नेकपा एमाले बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पटक–पटक सारिएको मतदान सुरु भएको हो।

अध्यक्षका दुईजना मात्र उम्मेदवार मैदानमा छन्। अध्यक्ष पदमा पाँच आकांक्षीले उमेदवारी दर्ता गराएका थिए । त्यसमध्ये अहिले अध्यक्षमा दुईजना मात्रै उमेदवार बाँकी छन् । कैलाश ढुंगेल र कृष्ण दाहालबाहेकले उमेदवारी फिर्ता लिइसकेका छन्।

अब अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुनेछ । अधिवेशन उद्घाटन समारोहमा अध्यक्ष केपी शर्मा अ‍ोलीले प्यानल बनउन नपाईने बताएपनि अन्ततः अध्यक्षका प्रत्यासीद्धय ढुंगेल र दाहालले प्यानलनै बनाएर कार्याकतामाझ भोट माग्न थालेका छन् ।

दाहाल पक्षबाट उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा उम्मेदवार तय भएका छन् । सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डित चुनावी मैदानमा छन्। एक अध्यक्ष, १ उपाध्यक्ष , १ सचिव , २ उपसचिवसमेत गरी ७५ जना सदस्यका लागि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार