नेभिगेशन
समाचार

नेताका छोराछोरी तस्करी र राज्य दोहनमा, आर्थिक समस्याले परदेशीन थाले राष्ट्रका गहना

काठमाडौंनालायक राजनीतिक नेतृत्व र राज्य सञ्चालकका कारण राष्ट्रका गहनाले मुलुक छाड्न थालेका छन्।

अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको नाम उज्वल बनाउने खेलाडीहरु रोजीरोटीका लागि करिअरसँगै खेल जीवन त्यागीरहेका बेला भने राज्य संयन्त्रमा हालीमुहाली जमाएका नेता, प्रधानमन्त्री, मन्त्री र पूर्वमन्त्रीलगायत छोराछोरी र नातागोता भने तस्करी राज्य दोहनमा सक्रिय छन्।

एकातिर समाजवादको डंका छाड्ने नेताहरूले खेलाडीको उचित व्यवस्थापनका लागि निर्णय नगर्दा र भ्रष्टाचारमा लिप्त भएपछि यस्तो परिदृश्य देखिएको हो। पछिल्लो पटक राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तीमगरले अस्ट्रेलियाको नोकरी र मजदुरीलाई मजबुरीमा स्वीकार गरेका हुन्।

यसअघि नै फुटबल टोलीका दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल, दिपकसिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान लगायतका ३५ भन्दा बढी खेलाडीहरूले देश छाडिसकेका छन्।

नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गरी मजदुरी स्वीकार गरे।

विमलले सन् २०१२ मा बंगलादेशविरुद्ध डेब्यु गरेका थिए। १५ वर्षको उमेरमै डेब्यु गरेका विमलले बेल्जियममा तालिम लिएर नेपाल फर्किए पनि उनलाई राज्यले खासै वास्ता नगर्दा यस्तो नियती आइलागेको हो।

विमलले सन् २०१३ मा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोलसँग चर्चा बढुलेका थिए।

उतार चढाव पश्चात शारीरिक र मानसिक रुपमा सबल भई मैदानमा नेपालको झण्डाअंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउदाको क्षणलाई खुशी मान्ने उनी फेरि अस्ट्रेलिया जानका लागि बाध्य बनाइयो। बिमलले देशका लागि ३७ क्याप जितेका थिए।

उत्कृष्ट फिनिसिङ, बल ड्रिब्लिङ, काउन्टर अट्याक र विपक्षी रक्षकलाई सहजै बिट गराउन सक्ने खुबी भएका विमल आम दर्शक र प्रशिक्षकका रुचाइएका खेलाडी हुन्।

यता नेता, प्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्रीलगायत तिनका सन्तान तस्करी र राज्य दोहनमा अभ्यस्त हुँदा खेलाडीको स्थिति भने बयानगरी साध्य नहुने छ।

यसै साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको एउटा ब्याग र घडीको मुल्यको चर्चा रहँदा राष्ट्रिय टोलीका खेलाडीलाई खानामा राम्रो व्यवस्था मात्र होइन घोषणा भएका पुरस्कारको राशी समेत प्राप्त हुन सकेको छैन।

यसैगरी पूर्वसभामुख कृष्णबहादुर महरा र तिनका छोरा राहुल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनः, पूर्वगृहमन्त्री रामबहादुर बादलका छोरा प्रतीकलगायतले सुन तस्करी काण्ड र नक्कली भुटानी शरणार्थी प्रकरणमा उन्मुक्ति पाउँदा खेलाडीको स्थितिले राज्यका नीतिगत तहमा रहेकालाई अलिकति पनि नपोल्नु दुखदायी रहेको टिप्पणी गरिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार