ललिता निवास प्रकरण

सर्वोच्चले सोध्यो– ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई मुद्दा किन चलाइएन?

मंगलबार, असोज ९, २०८०

काठमाडौंसर्वोच्च अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लगेको प्रकरणमा नीतिगत निर्णय गर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसहित मुख्यसचिव लिलामणि पौडेललाई मुद्दा नचलाइनुको कारण सोधेको छ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको रिटउपर सुनुवाई गर्दै कारणसहितको जवाफ पेस गर्न आदेश दिएको छ।

शक्ति र पहुँचमा भएकै कारण उनीहरुलाई उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता न्यौपानेले रिट दायर गरेका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई लगायतसँग १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश छ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्