एमाले बागमती अधिवेशनको बन्दसत्र आज

मंगलबार, असोज ९, २०८०

काठमाडौं - नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको बन्दसत्र आज हुँदै छ ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले भृकुटीमण्डपमा उद्घाटन गरेको अधिवेशनको बन्दसत्र भने आज मंगलबार हुने भएको हो । बन्दसत्र बिहान ८ बजेबाट प्रज्ञा भवन कमलादीमा सुरु हुने बताइएको छ ।

बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चुनिने एमाले बागमतीले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार