सुन तस्करी प्रकरणको छानबिनबारे छलफल गर्न सात दलको बैठक बस्दै

आइतबार, असोज ७, २०८०

काठमाडाैं - सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने यसअघि भएकाे सहमतिका  विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बोलाइएको छ।

यसअघि राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकले ६ भदौमा उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति गरे पनि हालसम्म सरकारले त्यस्तो आयोग बनेको छैन ।

६ भदौमा असोज ५ सम्म जाँचबुझ आयोग बनाउने सहमति भएको थियो ।

आयोगको कार्यादेशबारे सहमति नभएपछि आयोग बन्न सकेको छैन । आयोगको कार्यादेशमा छलफल गर्न आज राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बस्न लागेको हो । आज बिहान नौ बजे बैठक बस्ने छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र राप्रपा र जनमत पार्टीले राष्ट्रिय मान्यता पाएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी सम्बन्धमा सरकारले उच्चस्तरीय छानबिन आयोग गठन नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेको छ।

 

 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्