Nic Ad Nic Ad
Nic Ad Nic Ad

झलनाथले एमाले खुसी पार्न खोजेको माधव नेपालको आरोप

शनिबार, असोज ६, २०८०

काठमाडौ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनालले एमाले खुसी पार्न खोजेको आरोप लगाएका छन् ।

आज (शनिबार) नेकपा (एस) निकट कानुन व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै उनले नेता खनालले कांग्रेसलाई बिच्काएर एमाले खुसी पार्न खोजेको अरोप लगाएका हुन् ।

पछिल्लो समय नेता खनालले सरकार, सत्ता गठनबन्धन र समाजवादी मोर्चाका विषयमा आलोचनात्क टिप्पणी गर्दै आएका छन् । उनले पार्टी सरकारबाट बाहिरिन पर्ने धारणा पनि व्यक्त गरिरहेका छन् ।

खनालको धारणाप्रति लक्षित गर्दै उनले सरकार छोड्ने र कांग्रेस र सत्ता गठबन्धन चिड्याउने कुराले पार्टी धरासायी हुने बताए । ‘कांग्रेसलाई शत्रु बनाएर, बिच्क्याएर अरू कसैलाई खुसी पार्न खोजिएको छ ।त्यो दिशामा हामी जान सक्दैनौं,’– उनले भने ।

 

 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्