नेभिगेशन
समाचार

भारतले गरेकाे नाकाबन्दी सम्झिँदै ‌ओली भन्छन् ‘तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?’

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताएका छन्।

८ वर्षअघि भारतले नेपालमा गरेकाे नाकाबन्दी सम्झना गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् ।

शनिबार बिहान सामाजिक सञ्जालमा एक तस्विर शेयर गर्दै ‘इतिहासमा आज!’ शीर्षकमा उनले असोज ६ गतेको सम्झना गरे । ‘आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु’, उनले लेखेका छन्, ‘अस्पतालमा अक्सिजन,औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो । इन्धन नभएर अस्पताल  जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौँ। देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब छ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं।’

उनले यस्ता घटनाले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिने उनले बताएका छन् । ‘कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ’, उनले भनेका छन्, ‘जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन।’

संविधानसभाबाट असोज ३ गते नेपालमा संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएकाे थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार