नेभिगेशन
सुरक्षा–अपराध

कोइरालाको मति, हत्यारा पतिः सशस्त्रको आईजी हुने चान्स थियो रेग्मीको प्रेमले डुबायो

काठमाडौंभनिन्छतिमीलाई माया गर्ने मान्छे भन्दा धेरै घृणा अरु कसैले गर्न सक्दैन। सायद सशस्त्र प्रहरी बलका पूर्वनायव महानिरिक्षक (डीआईजी) रञ्जन कोइरालाको मतिले यहि गति लियो।

पत्नी गीता ढकालको हत्याराका रुपमा अहिले जेलमा रहेका कोइरालालाई बिवाहेत्तर प्रेमका कारण यो अवस्थाको सामनामा छन्। उनले अनेक सेटिङ गरेर जेलबाट निस्किएका पनि थिए तर तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको चित्तमा लागेर मात्र नहुँदो रहेछ, फेरि कोइरालाले जेलयात्रा नगरी भएन।

कोइरालाले पत्नी ढकालको हत्या गरेर  फ्याँके, चित्त नबुझेपछि फेरि लास हेर्न फर्किए। अनि, घटनाको पर्दापण पनि भयो।

दोस्रोचाहिँ, सर्वोच्च अदालतबाट सजाय पाएका उनले तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग आर्थिक सम्झौता गरी सजाय घटाएर जेलमुक्त भएका थिए।

जेलमुक्त भई सेलिब्रिटीको मिजास देखाउँदै प्रेमिकासँग अंकमाल गरेका कोइरालाको खुसी कहाँ लामो समय टिक्न पायो र? सर्वोच्च अदालतले राणाको बहिर्गमनसँगै फैसलाको पुनरावलोकन हुँदै पक्राउ गरी थुनामा राख्न आदेश दियो। अनि, कोइराला फेरि जेलमा नगई सुख भएन।

चित्तमा लागेको भरमा कैद मिनाहा गर्दै जाने हो भने कानुनले न्यायाधीशलाई दिएको स्वविवेकीय अधिकारको दुरुपयोग हुन्छ, सर्वोच्चको फैसलामा उल्लेख थियो।

तीन सदस्यीय इजलासले न्यायाधीशलाई चित्तमा लागेको कुरा आधार र कारणबाट पुष्ट्याइँ हुनुपर्ने व्याख्या गरेको थियो।

न्यायाधीशले गर्ने निर्णय सार्वजनिक सम्पत्ति हुन पुग्ने भएबाट चित्तमा लाग्यो तसर्थ सजाय घटाइयो भन्नु (मुलुकी ऐनको अदालती बन्दोबन्दीको १८८ नम्बर) का लागि पर्याप्त हुँदैन, प्रधानन्यायाधीश दीपककुमार कार्की, टंकबहादुर मोक्तान र डा. कुमार चुडालको इजलासले गरेको फैसलामा भनिएको थियो, ‘प्रस्तुत मुद्दामा पनि बर्णित आधार कारणबाट निज प्रतिवादी (रञ्जनकुमार कोइराला)लाई सजाय घटी गर्नुपर्ने गरी चित्तमा लाग्ने वस्तुगत आधार कारण देखिन आउँदैन।

१२ जेठ २०७९ मा कोइरालाको कैद मिनाहा हुने भनी संयुक्त इजलासले गरेको फैसला उल्टिने भनी पूर्ण इजलासले गरेको फैसला सार्वजनिक भएको हो।

सर्वोच्च अदालतले २०६९ सालको नजीर उदृत गर्दै कोइरालाको कैद मिनाहाको राय उचित नभएको व्याख्या गरेको थियो। त्यो नजिरमा न्यायाधीशलाई चित्तामा लाग्ने भन्ने कुरा मनोगत हुन नसक्ने भनी व्याख्या भएको थियो ।

चोलेन्द्र शम्शेर राणा र न्यायाधीश तेजबहादुर केसीले त्यसलाई ८ वर्ष ६ महिना कायम गर्ने भनी राय लेखेका थिए। जुन सजाय भोगी सकेर कोइराला बाहिर निस्किएका थिए।

रञ्जन कोइराला ८ माघ २०६८ देखि ७ साउन २०७७ सम्म थुनामा बसेका थिए। सर्वोच्च अदालतले कैद घटाएपछि रिहा भएका उनी फेरि त्यो फैसला उल्टी भएपछि १३ जेठ २०७९ मा पक्राउ परेका थिए।

रञ्जन कोइरालाले करिब एक दशर्कअघि आफ्नै श्रीमती गीता ढकालको हत्या गरेर लासलाई टुक्राटुक्रा पारी काठमाडौंबाट मकवानपुरको जङ्गलमा पु¥याएर जलाएका अदालती विवरणहरूमा उल्लेख थिए।

त्यसैगरी कोइरालाले हत्या गर्नु अगाडिदेखि नै आफ्नी श्रीमतीमाथि मानसिक र शारीरिक यातना दिनेगरेको ती विवरणहरूमा जनाइएको थियो। जसको पछाडि घटनाकी अर्की प्रतिवादी तारा रेग्मीसँग कोइरालाको प्रेम सम्बन्ध कारण रहेको ढकालले जीवित छँदै दिएका निवेदनमा उल्लेख गरिएको अहिले पनि पाइन्छ। सर्वोच्चको सजाय छुट दिने फैसलामा समेत उनीहरूबीच घनिष्ट सम्बन्ध रहेको उल्लेख गरिएको थियो।

उनलाई जिल्ला र तत्कालीन पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए।

प्रेम र घृणामा जादुई रूपान्तरण गर्ने शक्ति हुन्छ। महान् आत्मा परिवर्तनकामी भावना हुन्। यो अभ्यासको माध्यमबाट हामीले मनन् गरेको समानता प्राप्त हुन्छ भन्ने विश्वास छ। तर, कोइरालाका हकमा भने यो अनर्थ देखियो। प्रेमका कारण यीनि हत्यारा पति साबित भए नै एउटा कुशल संगठनको उच्च तहमा पुग्ने मौकाको मार्ग बन्द गरी जेलयात्रातिर लम्किए।

उनका सहकर्मीका अनुसार सशस्त्र प्रहरी बलको उच्च तहमा पुगेका उनी महानिरिक्षक (आईजी) हुने लाइनमा थिए। तर, रेग्मीसँगको प्रेमका कारण गरेको हत्याले सबै सपना तुहाएन मात्र दुनियाँमा बदनामीको ताज लगाउनुपर्ने स्थिति आयो।

भनिन्छ, प्रेम र हत्यामा मात्र मानिस इमान्दार हुन्छ। सायद, कोइरालाका हकमा पनि यहि उक्ति लागू हुन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध