सरकार र राजनीतिक दलहरू मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्छ : नेता सिंह
काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनताको अधिकार सुनिश्चितताको लागि काम गर्नु पर्ने बताएका छन् ।मंगलबार गणेशमान सिंहको २६औं स्मृति दिवसको अवसरमा उनले सरकारले र दलहरू मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्ने बताएका छन् ।
‘जनताको अधिकार सुनिश्चित हुनुपर्छ । र जनताको दैनिकी जीवन सहज हुनुपर्छ । जीविकोपार्जनको लागि सहज हुनुपर्यो यो सरकारले र दलहरूले यस्ता कार्यमा जोड दिनु पर्छ । ’ गणेशमान सिंहले जस्तै सुशासनको बारेमा र जनतालाई केन्द्रबिन्दुमा राखेर कार्यक्रमहरू अगाडि लानु पर्ने उनको भनाई छ ।
उनले विधिको शासन हुनुपर्छ भन्ने कुरालाई गणेशमान सिंहले निकै नै जोड दिएको उल्लेख गरेका छन् । अवसर नपाएका वर्गलाई समावेश गरेर अगाडि लानु पर्ने उनको भनाई छ ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०८० १०:४३
प्रतिक्रिया दिनुहोस्