Nic Ad Nic Ad
Nic Ad Nic Ad

शेखरले बोलाए कांग्रेस संस्थापनइतर समूहको बैठक

सोमबार, असोज १, २०८०

काठमाडौं - नेपाली कांग्रेसका संस्थापनइतरका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि उनले साे बैठक बाेलाएका हुन्।

कोइरालाले आफ्नो सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजे १४ औं महाधिवेशनमा आफ्नो समूहबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाएका छन्।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको छ ।

०७८ मा भएको १४ औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेर महामन्त्री जितेका थिए । त्यस्तै पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए। गत पुस ६ मा भएको कांग्रेस संसदीय दल निर्वाचनमा शर्मा र पौडेल संसदीय दल नेताका उम्मेदवार महामन्त्री गगन थापा पक्षमा खुलेका थिए। थापाले कोइराला प्यानलबाट महामन्त्री जितेका थिए।

कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन्।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्