प्रधानमन्त्रीले संसदलाई अमेरिका र चीन भ्रमणबारे जानकारी गराउने

शुक्रबार, भदौ २९, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि देखि हुने विदेश भ्रमणमा बारेमा प्रतिनिधिसभाको बैठकमा जानकारी गराउने भएका छन्। आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन्।

उनी भोलि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि अमेरिका प्रस्थान गर्नेछन् । राष्ट्रसंघको ७८ औं महासभाको कुम्भ मेलालाई प्रधानमन्त्रीले असोज ४ मा सम्वोधन गर्ने जनाइएकाे छ। परराष्ट्रमन्त्री नारायणप्रसाद एनपी साउद  केही दिन अघि नै अमेरिका पुगिसकेका छन् । नेपालबाट दुई वर्षपछि महासभामा प्रधानमन्त्रीको तहबाट सम्बोधन हुन लागेको हो । त्यसका लागि प्रधानमन्त्रीले आज प्रतिनिधिसभाको बैठकमा जानकारी गराउन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्री अमेरिका भ्रमणपछि उतैबाट चीन भ्रमणमा समेत जानेछन् । राष्ट्रसंघको महासभालाई सम्बोधन गरेलगत्तै उनी सिधै न्यूयोर्कबाटै नेपालको उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कनेछन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले नेपाल र चीनको द्विपक्षीय हितका बारेमा केही सम्झौता गर्ने सम्भावना छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्