पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी गुमाए : ओली

मंगलबार, भदौ २६, २०८०

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्नो लागि पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी रहेको रहेको बताएका छन् ।

निधनको खबर लगत्तै अस्पताल पुगेका अध्यक्ष ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली वक्तव्य दिँदै लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ सम्झिइरहने उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले मृदुभाषी र शालीन साथी सुवास नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

पार्टीको राजनीतिमा नेम्वाङले सधैँ ओलीलाई साथ दिएका थिए ।

‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी !,’ ओलीले फेसबुकमा लेखेका छन् ।

IMG_20230912_0936151694491013.jpg

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्