लुम्बिनी प्रदेश

नेपाली जाँडलाई विदेश निर्यात गर्ने व्यवस्था गर्नुपर्छ : मुख्यमन्त्री चौधरी

आइतबार, भदौ २४, २०८०

तुलसीपुर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालमा बनेको जाँडलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्नुपर्ने बताएक छन् ।

दाङको भालुवाङमा आज आयोजित प्रदेशस्तरीय नागरिक शिखर सम्मेलनमा उहाँले सरकारले जाँड बनाएर निर्यात गर्नका लागि बजेटको व्यवस्था समेत गरेको बताए ।

“कोरियाको जाँड नेपाल आउँछ, त्यो सबैले खान मिल्ने”, उनले भने, “यहाँको जाँड त्यहाँ बेच्न नमिल्ने ?” उनले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारीकरण गर्ने गरेको बताए । साथै उनले कोइलाबास नाका खुलाउनेतर्फ ध्यान दिनुपर्ने आफूले पहल अगाडि बढाएको बताए । उनले नेपाललाई धार्मिक, पर्यटन र आर्थिक सुधार गर्नुपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्