ललिता निवास प्रकरण

ललिता निवास प्रकरण: १७ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

आइतबार, भदौ २४, २०८०

काठमाडौँ - ललिता निवासको जग्गा प्रकरणमा प्रहरी हिरासतमा रहेका १८ जना नै आरापीतलाई रिहाइ गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा र एक जनालाई साधरण तारेखमा छाड्न आदेश दिएका हुन् । गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा भदौ १० गते मुद्दा दायर भएको थियो । यसमध्ये २१ जना मृत्यु भइसकेका व्यक्ति थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्