वात्सल्य क्लिनिक ७ औं वर्षमा प्रवेश, ३ हजार बढीले लिए आईभीएफ सेवा

बुधबार, भदौ २०, २०८०

काठमाडौँ– नेपालमा आधुनिक आईभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफ ७ औं वर्षमा प्रवेश गरेको छ ।

हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आईभीएफ सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा अहिलेसम्म ७ हजारभन्दा अधिक दम्पतीले सन्तान लाभ (३ हजार प्लस आईभीएफ, १ हजार ८ सय प्लस आईयूआई, २ हजार २०० प्लस नेचुरल प्रेग्नेन्सी) गरिसकेको क्लिनिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जारी विज्ञप्तिमा भनिएको छ,  ‘निःसन्तान दम्पतीको यात्रा मानसिक, आर्थिक, मनोवैज्ञानिक, सामाजिक जस्ता विभिन्न तनावले भरिएको हुन्छ । त्यसैले उपचारको अवधिमा आधुनिक पद्दतिसँगै पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको यहाँका विज्ञहरुको अभुव छ ।’ 

नेपाल बाहेक पाकिस्तान, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता अन्य मुलुकबाट पनि सेवाग्राहीहरु वात्सल्य क्लिनिकमा आउने गरेको विज्ञप्तिमा उल्लेख छ ।आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरुबारे जनचेतना जगाउने र उच्च आईभीएफ सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्सालबाट भक्तपुर र नेपालगञ्जमा पनि विस्तार गरेको क्लिनिकको भनाइ छ ।

आगामी केही दिनमै आफ्नो शाखाहरु अन्य प्रमुख शहरहरुमा पनि विस्तार गर्ने योजना रहेको क्लिनिकका कार्यकारी प्रमुख प्रशान्त सुवेदीले जानकारी दिए ।

Anni2_7thAnniversary1694011328.jpg

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्