राजनीति

तस्करी र सरकार सँगसँगै रहन सक्दैन : गृहमन्त्री श्रेष्ठ

बुधबार, भदौ २०, २०८०

चितवन– गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करी र सरकार सँगसँगै रहन नसक्ने बताएका छन् ।

चितवनको माडीस्थित सामुदायिक रेडियो माडी एफएमको १३ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार, तस्करी, कालोबजारी सँगसँगै वर्तमान सरकार अगाडि जान नसक्ने बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार तथा मुलुकमा व्याप्त दण्डहीनताको अन्त्यका लागि सरकारले चालेको कदम कुनै हालतमा नरोकिने बताए । उनले देशमा व्याप्त भ्रष्टाचार अन्त्यको लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

गृहमन्त्री श्रेष्ठले देशमा भएको राजनीतिक परिवर्तनलाई परिवर्तनमा मात्रै सीमित नबनाएर यसलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्ने चाहना रहेको बताए ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्