सरकारले जग्गा उपलब्ध गराए महानगरले क्रिकेट रंगशाला बनाउँछ : बालेन

मंगलबार, भदौ १९, २०८०

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अन्तर्राष्ट्रिय जग्गा बनाउनका लागि पहल गर्ने बताएका छन् । सरकारले १ सय रोपनी जग्गा उपलब्ध गराए महानगरले रंगशाला बनाउन पहल गर्ने उनले बताएका हुन् । 

भारत र नेपालबीचको खेल आयोजना गरेको श्रीलंकाको पल्लेकेले रंगशाला झन्डै ९० करोडमा बनाउन सकिने पनि उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले सुविधासम्पन्न रंगशाला र अन्तर्राष्ट्रिय स्तरका खेलको आयोजनाले नेपाली क्रिकेटलाई विश्वस्तरमा चिनाउने बताए । 

'नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडि र तल्लोतह (Grassroot) मा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट (Bowling Net) राख्ने प्रबन्ध पहिले नै गरि सकेको छौ, उनले फेसबुकमा लेखेका छन् । 

 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्