Nic Ad Nic Ad
Nic Ad Nic Ad
लुम्बिनी प्रदेशमा एमाले

एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि सहमति जुटेन, दुई जनाको उम्मेदवारी 

आइतबार, भदौ १७, २०८०

बुटवल– नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षका लागि राधाकृष्ण कँडेल र हरि रिजालको उम्मेदवारी परेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि सुरु भएको छलफलमा सहमति नभएपछि कँडेल र रिजालले आज साँझ उम्मेदवारी दर्ता गरेका हुन् । 

अध्यक्ष ओलीको निर्देशनपछि जुटेको छलफलमा दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नहुँदा प्रदेश अध्यक्षका लागि लुम्बिनी प्रदेशमा निर्वाचन नै हुने निश्चित भएको हो ।

उम्मेदवार कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् । रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन् । 

उम्मेदवारी दर्ताको समय भोलि विहान १० बजेसम्म भएको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  २१:२९
प्रतिक्रिया दिनुहोस्